२०८३ बैशाख ५ गते शनिवार

तुलसीपुरमा बाँसको चोयाबाट सामग्री तथा डस्टबिन निमार्ण तालिम सुरु


दाङ। तुलसीपुरमा बाँसको चोयाबाट सामग्री तथा डस्टबिन निमार्ण तालिम सुरुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–२ को भवन तकियापुरमा मंगलबारदेखि स्थानीय २५ जना महिलाहरुको लागि एक महिने बाँसको चोयाबाट सामग्री निर्माण सम्बन्धि तालिम सुरु भएको हो ।

तालिम आगामी बैशाख २३ गतेसम्म जारी रहने छ । त्यस अबसरमा वडाध्यक्ष भिमबहादुर योगीले सीप सिकेर व्यवहारमा लागु गर्न अग्रह गर्नु भएको छ । उहाँले बाँसबाट दैनिक जीवनमा प्रयोग हुने सामग्री बन्ने भएकाले ध्यान दिएर सिप सिक्न सुझाब दिनु भएको छ । आज सिकेको सिपले आगामी दिनमा आत्मनिर्भर बन्न सहयोग गर्ने उहाँको भनाइ छ ।

केहि समय पहिले डोको, डालो, भकारी, मोकारादेखि सुपो लगायतका सामान समाजमा जति प्रचलित थियो ति सबै अहिले क्रमिक रुपमा कम प्रयोग हुन थालेको भन्दै लोप हुने अवस्थामा पुगेका यि सामग्री अब नयाँ पुस्ताले प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो ।

यसैगरी पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख मुक्तिप्रसाद पाण्डेले प्लाष्टिकको प्रयोग कम गर्न यो तालिमले मद्दत गर्ने बताउनुभयो । प्लाष्टिकजन्य सामग्रीको बढ्दो प्रयोगले परम्परागत सामग्रीहरू लोप हुने क्रममा भए तापनि, चोयाबाट बनेका सामानहरू वातावरणमैत्री र बलिया हुने उहाँले बताउनुभयो ।

यस्तै पर्यटन डिभिजन कार्यालयका बरिष्ठ अधिकृत कृष्णबहादुर बिष्टले स्थानीय स्तरमै उपलब्ध हुने बाँसबाट धेरै सामग्री निमार्ण गर्न सकिने भएकाले राम्रा सामग्री बनाउन सकेमा अन्य ठाउँका मानिसले पनि यो कामको सिको गर्ने बताउनुभयो । बाँसको चोयाबाट टोकरी, कलमदानी, ¥याकहरु, कुर्सी, टेबल, सोफा जस्ता हरेक सामग्री बनाउन सकिने भएकाले सिकेको सीपको सदुपयोग गर्न आग्रह गर्नुभएको छ ।

तालिमका प्रशिक्षक बृषध्वज बिकले परम्परागत सीप, कला लोप हुने अवस्थामा पुगेको हुँदा फुर्सदको समयमा सिकेको सिपले व्यावसायीक रुपमा अगाडी बढ्न सकेमा आत्मनिर्भरसंगै आयआर्जमा सजह हुने उहाँको भनाइ छ ।

यसैगरी पूर्व शिक्षक अम्बिका योगीले बाँसको चोयाबाट निर्माण गरिएका सामान पुरानो पुस्ताले प्रयोग गरेपनि अहिलेका युवाहरुलाई यस्को महत्वका बारेमा थाहा नभएको बताउनुभयो । पुरानो, मौलिक सीपलाई अब पुस्तान्तरण गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो ।

थर्ड आई नेपालको आयोजना, पर्यटन डिभिजन कार्यालय बाँकेको आर्थिक सहयोग र तुलसीपुर – २ को सहकार्यमा तालिम भएको हो । थर्ड आई नेपालका अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा कार्यक्रम भएको हो । थर्ड आई नेपालका पुष्पा भण्डारीको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सन्तोष लामिछानेले गर्नुभएको हो ।।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस