२०८३ जेष्ठ २१ गते बिहिवार

लागु औषध ब्राउन सुगर सहित तुलसीपुरका एक जना पक्राउ


दाङ । प्रहरीले लागु औषध ब्राउन सुगर सहित तुलसीपुरबाट एक जनालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँमा लागुऔषध बिक्री–वितरण भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले मंगलबार २७ वर्षीय बरुण गुरुङलाई पक्राउ गरेको हो ।

गुरुङको साथबाट १ ग्राम ९६० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिनुभयो ।

गुरुङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस