२०८३ जेष्ठ २१ गते बिहिवार

रोल्पामा पोखरीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला

रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । रुन्टीगढी गाउँपालिका वडा नं. ९ सखी बस्ने अन्दाजी ४४ वर्षीय रेशम नेपाली आफ्नै घर नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान साढे ७ बजेको समयमा नेपाली पोखरीमा डुबेको अवस्थामा स्थानीयले देखेपछि तत्कालै इलाका प्रहरी कार्यालय होलेरीमा खबर गरेका थिए । खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

प्रहरीको प्रारम्भिक विवरण अनुसार मृतक नेपाली विगत लामो समयदेखि क्षयरोगबाट पीडित रहेको खुलेको छ । मृतकका घरमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । घटनाको प्रकृति र कारणबारे इलाका प्रहरी कार्यालय होलेरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस