२०८३ जेष्ठ २३ गते शनिवार

फलफूल बिरुवा वृक्षारोपण कार्यक्रमबारे वन उपभोक्ता समूहसँग छलफल


दाङ । दाङमा फलफूल बिरुवा वृक्षारोपण कार्यक्रमबारे वन उपभोक्ता समूहसँग छलफल गरिएको छ ।

ग्रिन फाउण्डेशन नेपाल र ग्रिन इन्टीलीजेनको आयोजनामा दाङ जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रमा सञ्चालन गरिने फलफूलका विभिन्न प्रजातिका बिरुवा वृक्षारोपण कार्यक्रमको तयारीस्वरूप सम्बन्धित वन उपभोक्ता समूहका पदाधिकारीहरूसँग छलफल गरिएको हो ।

घोराहीस्थित पाण्डेश्वर सामुदायिक वन उपभोक्ता समूह, दङगीशरण गाउपालिका राजाकोट सामुदायिक वन उपभोक्ता समूह तथा तिलकन्या सामुदायिक वनमा सञ्चालन गरिने वृक्षारोपण कार्यक्रमलाई प्रभावकारी र व्यवस्थित बनाउन वनका पदाधिकारीहरूसँग विस्तृत छलफल गरिएको हो ।

छलफलमा वृक्षारोपण कार्यक्रमको उद्देश्य, बिरुवाको संरक्षण, दीर्घकालीन व्यवस्थापन तथा समुदायको सहभागिताका विषयमा विचार–विमर्श गरिएको छ । कार्यक्रममा सहभागी पदाधिकारीहरूले वातावरण संरक्षण, जैविक विविधताको प्रवद्र्धन तथा स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने गरी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

आयोजक संस्थाका प्रतिनिधिहरूले फलफूलका बिरुवाको वृक्षारोपणमार्फत हरियाली प्रवद्र्धन, वातावरणीय सन्तुलन कायम गर्न तथा समुदायमा आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्य रहेको बताएका छन् । वृक्षारोपण कार्यक्रम निकट भविष्यमै सम्बन्धित सामुदायिक वन क्षेत्रमा सञ्चालन गरिने छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस