२०८३ असार ५ गते शुक्रवार

तुलसीपुर उपमहानगरपालिकाले चिस्यान केन्द्र संचालनमा ल्याउने


दाङ । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा चिस्यान केन्द्र संचालमा ल्याउने भएको छ । उपमहानगरपालिकाले शुक्रबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा फलफूल तथा तरकारीजन्य वस्तु भण्डारणका लागि चिस्यान केन्द्र संचालनमा ल्याउने उल्लेख गरेको छ ।

नगरप्रमुख टिकाराम खड्काले पालिकामा उत्पादन हुने फलफूल तथा तरकारी भण्डारणका लागि चिस्यान केन्द्र संचालनमा ल्याउने बताउनुभयो । यस्तै पालिकाले आगामी आर्थिक वर्षमा सिंचाई नपुगेका क्षेत्रमा डिप बोरिङ संचालनमा ल्याउने पनि नीति अघि सारेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस