२०८३ असार १० गते बुधवार

पौडेल वंश महासंघको स्थापना दिवसमा सरसफाई र वृक्षारोपण

तुलसीपुर । पौडेल वंश महासंघ नेपालको आठौँ स्थापना दिवसका अवसरमा तुलसीपुरमा मन्दिर प्राङ्गणको सरसफाई र वृक्षारोपण गरिएको छ । जिल्ला समिति दाङ र तुलसीपुर नगर समितिको संयुक्त आयोजनामा तुलसीपुरस्थित त्रिसिद्धेश्वरी मन्दिर परिसरमा विभिन्न प्रजातिका फूल रोपण तथा सरसफाइ कार्यक्रम गरिएको हो ।

महासंघ दाङका अध्यक्ष कालिका प्रसाद पौडेलको अध्यक्षता तथा केन्द्रीय सदस्य हरिहर पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रमुख अतिथि हरिहर पौडेलले स्थापना दिवसलाई केवल औपचारिक रूपमा सीमित नराखी समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले रचनात्मक कार्यमार्फत मनाउने महासंघको निर्णयले अनुसार कार्यक्रम आउोजना गरिएको बताउनुभयो ।

उहाँले वंशीय एकता, सामाजिक सद्भाव र वातावरण संरक्षणलाई सँगसँगै अघि बढाउन यस्ता अभियानले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । महासंघले स्थापना दिवसका अवसरमा देशभरका जिल्ला समितिमार्फत वृक्षारोपण, सरसफाइ तथा अन्य सामाजिक रचनात्मक कार्यक्रम सञ्चालन गरी स्थापना दिवस मनाएको जनाएको छ ।

यसैबीच, घोराही नगर समिति र बबई गाउँपालिका समितिले पनि स्थापना दिवसका अवसरमा सरसफाई तथा रचनात्मक कार्यक्रम आयोजना गरी दिवस मनाएको जिल्ला उपाध्यक्ष केशवराज पौडेलले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस