दाङ । नेपालमा आज १ हजार २५० मेट्रिक टन डीएपी मल आइपुग्ने भएको छ । ग्लोबल टेन्डरमार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिक डीएपी मल भारतको कोलकाता बन्दरगाहमा १० जुलाईमा आइपुगेको थियो ।
सो मलमध्ये १ हजार २५० मेट्रिक टन मल १ गते नेपालतर्फ ढुवानी सुरु भएको र सो मल आज ४ गते नेपाल आईपुग्ने छ । बाँकी रहेको मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङको काम भइरहेको छ ।
प्याकेजिङ सम्पन्न भएसँगै अर्को एक रेक वीरगन्ज चलान भएको छ । बाँकी क्रमशः नेपाल भित्रिने छ । त्यस्तै ३० हजार मेट्रिक टन युरिया मल समेत कोलकत्तामा आइपुगेको र हाल अनलोडिङ र प्याकेजिङको काम भइरहेको छ ।



















