दाङ। दाङको तुलसीपुरका प्रकाश सापकोटा र लक्ष्मी सापकोटा दम्पतीले बाढी पहिरो प्रभावितलाई आर्थिक सहयोग गर्नुभएको छ । रसुवामा आएको बढीले सर्वसाधारण समस्यामा परेका बेला उहाँहरु दुई जनाले १ लाख रुपैयाँँ आर्थिक सहयोग प्रदान गर्नु भएको हो ।
सापकोटा कृषि प्रालिका संचालक समेत रहेका प्रकाशले सामाजिक उत्तरदायित्व बोध गर्दै उक्त रकम बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नु भएको हो ।
विपद्को कठिन परिस्थितिमा साना–ठूला सबै प्रकारका सहयोगले प्रभावित परिवारलाई ठूलो राहत पुग्ने भन्दै उहाँले अन्य युवा तथा व्यवसायीहरूलाई पनि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गर्नुभएको छ ।

























