२०८३ बैशाख १७ गते बिहिवार

जिल्ला प्रशासन कार्यालय दाङद्वारा जग्गा खाली गराउन सूचना जारी

दाङ । जिल्ला प्रशासन कार्यालय दाङले आफ्नो नाममा रहेको जग्गा खाली गराउन सूचना जारी गरेको छ । कार्यालयका अनुसार घोराही उपमहानगरपालिका वडा नं. १४ र १५ मा पर्ने प्रशासनको करिब ६.६५ बिघा क्षेत्रफल जग्गामा अनाधिकृत रूपमा घरटहरा बनाइ बसोबास गरिएको पाइएपछि ती संरचना हटाउन निर्देशन दिइएको हो ।

प्रशासनले आजको मितिबाट २१ दिनभित्र उक्त जग्गामा बनेका घरटहरा तथा अन्य भौतिक संरचना हटाई जग्गा खाली गर्न भनेको छ । तोकिएको समयभित्र कसैले अटेर गरी संरचना नहटाएमा प्रशासनले आफैं हटाउने चेतावनी दिएको छ ।

साथै, वास्तविक भूमिहीन तथा सुकुम्बासी व्यक्तिहरूले १० दिनभित्र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन प्रमुख जिल्ला अधिकारी विश्वप्रकास अर्यालले आग्रह गर्नुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस