दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा उद्यमशीलतालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिने बताउनुभ
प्रदेश युवा परिषद् विकास समितिले आयोजना गरेको नमुना युवा संसद कार्यक्रममा सहभागी युवाहरूसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका देउखुरीमा बिहीबार भएको छलफलमा मुख्यमन्त्री आचार्यले युवालाई स्वरोजगार बनाउन उद्यमशीलता क्षेत्रलाई प्राथमिकतामा राखिने स्पष्ट पार्नुभयो ।
उहाँले प्रदेश सरकारले बजेट तथा कार्यक्रममार्फत युवामैत्री नीति ल्याउने र बैंकिङ प्रणालीमार्फत उद्यमशीलताका लागि लगानी परिचालन गर्ने योजना रहेको बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले युवाहरू वर्तमानका हिस्सेदार र भविष्यका कर्णधार भएको उल्लेख गर्दै असल नागरिकका रूपमा प्रस्तुत हुँदै राष्ट्र निर्माणमा सक्रिय हुन आह्वान गर्नुभयो । उहाँले मुलुक अग्रजहरूको ठुलो बलिदानबाट प्राप्त भएको उल्लेख गर्दै राष्ट्रियता, धर्म र संस्कृतिप्रति सचेत रहन युवाहरूलाई आग्रह गर्नुभयो ।















