दाङ । दाङमा प्रहरीले सामुदायिक वनबाट चार नाल भरुवा बन्दुक बरामद छ । प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षक टेक बहादुर कुसारीको कमाण्डमा खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा आज बुधबार बंगलाचुली गाउँपालिका–३ मा रहेको तिखेचुली सिद्धमण्डली सामुदायिक वनबाट चार नाल भरुवा बन्दुक बरामद गरेको हो ।
बरामद भएका बन्दुकमध्ये दुई नाल लोड र दुई नाल अनलोड अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिनुभयो ।
साथै ११ वटा फलामका टुक्रा, १० वटा केप, ५२ वटा छर्रा र करिब ५० ग्राम बारुद समेत फेला परेको केसीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















