दाङ, २२ जेठ । दाङको घोराही उपमहानगरपालिका–९ स्थित रुपा सामुदायिक वनबाट एक थान अवैध भरुवा बन्दुक बरामद भएको छ । प्रहरी चौकी गोग्ली र प्रहरी चौकी रामपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले गस्ती गर्ने क्रममा उक्त भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीले बताउनुभयो ।
वन क्षेत्रमा बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अवैध हतियारको प्रयोग तथा ओसारपसार नियन्त्रणका लागि प्रहरीको निगरानी र खोजतलास अभियानलाई निरन्तरता दिइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
















