दाङ । तुलसीपुर नगर जेसिजको जेसिज सप्ताहमा विभिन्न कार्यक्रम हुने भएको छ । तुलसीपुर नगर जेसिजका अध्यक्ष कमलप्रकाश शर्माले सप्ताहव्यापी कार्यक्रमबारे जानकारी दिदै आगामी शनिबार (जेठ ३० गते) देखि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
उहाँका अनुसार पहिलो दिन ट्राफिक सचेतनाका लागि सोलो बाइक रेस प्रतियोगिता, दोस्रो दिन जेसिज सदस्यहरूको रक्त समूह परीक्षण तथा रक्तदान कार्यक्रम, तेस्रो दिन निःशुल्क आँखा शिविर, चौथो दिन अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता , पाँचौँ दिन लागूपदार्थ दुर्व्यसनविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने छ ।
त्यसैगरी छैटौँ दिन कर प्रणाली तथा लेखापरीक्षण सम्बन्धी आधारभूत तालिम र सप्ताहको अन्तिम दिन जेसिजका नयाँ सदस्यहरूका लागि प्रि–इन्डक्सन तालिम आयोजना गरिनुका साथै समापन कार्यक्रम गरिने छ ।
पत्रकार सम्मेलनमा कार्यक्रमका मूल संयोजक तथा जेसिजका कार्यकारी उपाध्यक्ष सागर न्यौपानेले सप्ताहव्यापी कार्यक्रमको उद्देश्य र तयारीबारे जानकारी गराउनुभयो ।



















