२०८३ असार १० गते बुधवार

रोल्पामा बस दुर्घटना हुँदा १७ जना घाइते


दाङ, ८ असार । रोल्पामा बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् । माडी गाउँपालिका–२ खोलाबाङस्थित घोराही–थवाङ शहीद मार्गमा आज दिउँसो करिब १२ः३० बजे थवाङबाट घोराहीतर्फ आउँदै गरेको रा १ ख ३१०१ नम्बरको बस उकालोमा एक्कासी ब्रेक फेल भई अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालकसहित २९ जना सवार रहेकोमा १२ जना सकुशल रहेका छन् भने १७ जना घाइते भएका छन् । घाइतेहरूको माडी–२ घर्तीगाउँस्थित स्मृति अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको छ ।

बस चालक रोल्पा थवाङ गाउँपालिका–३ मिरुलका ३२ वर्षीय सन्तोष कामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि सडक अवरुद्ध नभएको र सवारी आवागमन नियमित रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस