दाङ । दाङमा प्रहरीले बग्दै गरेका बालकको उद्धार गरेको छ । घोराही उपमहानगरपालिका–१८ ढोरेनीका ५ वर्षीय सुमन परियारलाई प्रहरीले खोलामा बग्दै गरेको अवस्थामा सकुशल उद्दार गरेको हो ।
खारखोलीबाट बगेको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय घोराहीबाट प्रहरी निरीक्षक नवराजबहादुर शाहीको कमाण्डमा खटिएको ७ जनाको टोलीले गोदारी भन्ने स्थानबाट बग्दै गरेको अवस्थामा बालकको सकुशल उद्धार गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
उद्धार गरिएका बालकलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही लगिएकोमा उपचारमा लगिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।






















