२०८३ असोज ५ गते सोमवार

भोटेकोशी बाढीमा बेपत्ता तीन दाजुभाइको कुशको शव बनाएर अन्त्येष्टि गरिँदै

दाङ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका सल्यानका तीन दाजुभाइको २७ दिन बितिसक्दा पनि अवस्था पत्ता लाग्न नसकेपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गर्ने भएका छन् ।

बाढीमा बेपत्ता भएका त्रिवेणी गाउँपालिका–५ मुलाबारीका पोषण महतारा, प्रेम महतारा र कपुरकोट गाउँपालिका–५ सिस्नेरीका पाथीराम महताराको खोजी गर्दा पनि अहिलेसम्म कुनै जानकारी प्राप्त हुन नसकेपछि हिन्दू संस्कारअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गर्न लागिएको परिवारले जनाएको छ ।

परिवारका अनुसार बाढी आएको दिनदेखि उनीहरू सकुशल फर्किने आशामा बाटो हेरे पनि २७ दिनसम्म कुनै सम्पर्क हुन सकेन । शरीरसमेत फेला नपरेपछि कुशको शब बनाएर अन्तिम संस्कार गर्न लागेको परिवारले जनाएको छ ।

तीनैजनाको अन्तिम संस्कार भोलि असोज ६ गते कपुरकोट र त्रिवेणी गाउँपालिकाको सीमाना घुरखोला दोभानमा एकै स्थानमा गरिने भएको छ । परिवारले तीनैजनाको आत्माको शान्तिको कामना गर्दै अन्तिम संस्कार हुन लागेको परिवारले सामाजिक संजालमार्फत जनाएका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस