२०८२ फाल्गुन २९ गते शुक्रवार

समाजसेवी उपेन्द्र पौडेल र रविन ज्ञवालीद्वारा गन्धर्व समुदायलाई झुल वितरण


दाङ । समाजसेवी उपेन्द्र पौडेल र रविन ज्ञवालीले दाङको घोराही उपमहानगरपालिका–११ स्थित नयाँ बस्तीमा बसोबास गर्दै आएका गन्धर्व समुदायका परिवारलाई झुल वितरण गर्नुभएको छ ।

तुलसीपुर–७, जितपुर निवासी पौडेल र घोराही–१५ निवासी ज्ञवालीले संयुक्त रूपमा नयाँ वस्तीमा बसोबास गर्दै आएका १८ घरधुरीलाई प्रत्येक परिवारका लागि एक–एक थान झुल हस्तान्तरण गर्नुभएको हो ।

गर्मीयामसंगै डेंगीको जोखिम बढ्दै गएको अवस्थामा दुवै जनाले व्यक्तिगत लगानीमा गन्धर्व समुदायका परिवारलाई झुल वितरण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै उपेन्द्र पौडेलले समाजका सबै वर्गलाई साथ लिने र विशेषगरी कमजोर तथा पछाडि पारिएका समुदायको जीवनस्तर सहजताको लागि भुल वितरण गरिएको बताउनुभयो ।

उहाँले गन्धर्व समुदायको आधारभूत आवश्यकताको पहुँच अझै पनि कमजोर भएको भन्दै युवाहरूले यस्ता सहयोग कार्यक्रम निरन्तर हुनुपर्ने बताउनुभयो । उहाँले आगामी दिनमा पनि सामाजिक क्षेत्रमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै, घोराही १५ निवासी रविन ज्ञवालीले गन्धर्व समुदायजस्तो सिमान्तकृत वर्गलाई आवश्यक सहयोग पुर्‍याउन समाजका सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो । ‘हामीले व्यक्तिगत लगानीमा सुरु गरेको यो सानो कदमले अरूलाई पनि प्रेरणा दिनेछ भन्ने अपेक्षा गरेका छौँ ।’ उहाँले भन्नुभयो–‘कमाईको केहि अंश सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको हो ।’

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस