२०८२ फाल्गुन २९ गते शुक्रवार

जातीय समता समाज दाङको अध्यक्षमा नेपाली

दाङ । जातीय समता समाज दाङको अध्यक्षमा सुर्यलाल नेपाली चयन हुनु भएको छ । जातीय बिभेद तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिबसको सन्दर्भ पारेर आयोजना गरिएको भेलाले नेपालीको अध्यक्षतामा १३ पुर्ण ४ बैकल्पिक र ३ सल्लाहकार सहित २० जनाको समिति निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्ष हरीप्रसाद सुनार, सचिब बलदेव बिक, सहसचिब कर्ण नेपाली, कोषाध्यक्ष पोषण नेपाली, सदस्यहरुमा क्रमश लालबहादुर बिक, राजकुमार बिक, प्रेम बिक, यादब बिक, खिमा दमाइ, सुसिला नेपाली, सान्ति सुनार, छबि बिक, बैकल्पिक सदस्यमा दुइ स्थान रिक्त राखि सुर्य नेपाली र नरबहादुर मिजार, सल्लाहकारहरुमा देबबहादुर बिक, जुद्ध नेपाली र तेज बहादुर बिक चयन हुनुभएको छ ।

कार्यबाहक अध्यक्ष सुर्यलाल नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन केन्द्रिय कोषाध्यक्ष रेकम सुनारले गर्नु भएको थियोे । भेलामा रेकम सुनार, राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापा, जिल्ला अध्यक्ष गणेश आचार्य, अखिल नेपाल जनजाति सम्मेलनका पूर्व केन्द्रिय सदस्य रामबहादुर घर्ती, अखिल नेपाल प्रगतिशील लेखक संघ केन्द्रिय सदस्य मनिराम खनाल, अखिल नेपाल युबक संघ लुम्बिनी प्रदेश सदस्य दिपक केसी , रक्तिम सास्कृतिक अभियान घोराही नगर अध्यक्ष उत्सब पुन, अखिल नेपाल महिला संघ घोराही नगर सदस्य हेमा पोख्रेल लगाएतकाले सुभकामना मन्तव्य राख्नुभएको हो ।

भेलामा पूर्व जिल्ला अध्यक्षहरु चन्द्रबहादुर नेपाली, कासिराम नेपाली, टिका बिक, जुद्ध नेपाली र देबबहादुर बिक लाइ खादा र सम्मान पत्रले सम्मान गरिएको थियोे । सम्मानित मध्यबाट चन्द्रबहादुर नेपाली, देबबहादुर बिक र जुद्ध नेपालीले मन्तव्य राख्नु भएको थियोे ।

सह सचिब पोषण नेपालीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन सचिब बलदेव बिकले गर्नु भएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस