२०८२ चैत्र १ गते आइतवार

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

रूकुम पश्चिम । रुकुम पश्चिममा आफ्नै श्रीमती ३० वर्षीया देविका बुढाथोकीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।

चौरजहारी नगरपालिका–३ टाटागाउँ बस्ने ३२ वर्षीय चन्द्र बहादुर बुढाथोकीलाई श्रीमति हत्या आरोपमा मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

चन्द्र बहादुरले खुकुरी प्रहार गर्दा देविकाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चौरजहारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस