२०८२ फाल्गुन २६ गते मङ्गलवार

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको भाउ


दाङ ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहानदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर पाँच तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।

मूल्य घटेसँगै पेट्रोलको भाउ पहिलो वर्ग चालआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग दाङ र सुर्खेतमा एक सय ५९ रुपैयाँ र तेस्रो वर्ग काठमाण्डौ, पोखरा र दिपायलमा एक सय ६० रुपैयाँ पर्नेछ ।

त्यस्तै डिजेल र मट्टीतेल पहिलो वर्गमा प्रतिलिटर एक सय ४५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ४७ रुपैयाँ र तेस्रो वर्गमा एक सय ४८ रुपैयाँ पर्नेछ । इन्डियन आयल कर्पोरेसशनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार डिजेल, मट्टीतेल र पेट्रोलको मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस