दाङ । दाङमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका–११, निवासी ६० वर्षिय देशु चौधरी कटाह त्रिवेणी टोलमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
चौधरीको शब बिहीबार दिउँसो घरदेखि करिब ५०० मिटर पूर्वतर्फको भित्री बाटोमा फेला परेको हो ।
चौधरी मृत अवस्थामा फेला परेको वडा नं. ११ का वडा सदस्य यज्ञ बहादुर बस्नेतले प्रहरी चौकी उरहरीमा जानकारी गराएपछि प्रहरी नायव निरीक्षक एक बहादुर खड्काको टोली तत्काल घटनास्थल पुगेको थियो । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।














