२०८२ फाल्गुन २९ गते शुक्रवार

दाङमा १२ जना फरार प्रतिवादी पक्राउ


दाङ।
दाङमा १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार विभिन्न समयमा १२ जना फरार प्रतिवादी पक्राउ परेका हुन् ।

प्रहरीले फैसला कार्यन्वयनलाई प्रभावकारी बनाउन विभिन्न समयमा मुद्दा फैसला भई फरार रहेका प्रतिवादीहरुलाई खोजतलास गर्ने क्रममा मंसिर १४ गतेदेखि १९ गतेसम्म १२ जनालाई पक्राउ गरेको हो ।

उनीहरु सबैको ११ वर्ष १० महिना १० दिन कैद सजाय हुने प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु विभिन्न अपराधमा संलग्न रहेकाहरु रहेको जिल्ला प्रहर िप्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस