२०८३ बैशाख १६ गते बुधवार

तुलसीपुरमा आजदेखि अखण्ड हरिनाम संकिर्तन कार्यक्रम शुरु

दाङ। दाङको तुलसीपुरमा आजदेखि अखण्ड हरिनाम संकिर्तन कार्यक्रम शुरु भएको छ । एक महिनासम्म संचालन हुने अखण्ड हरिनाम संकिर्तन कार्यक्रम तुलसीपुर–६ रजौरास्थित श्री बैंकटेश लक्ष्मीनारायण मन्दिरमा शुरु भएको हो ।

प्रमुख कथावाचक स्वामी केश्वाचार्य सुर्यपाकीले दिप प्रज्वलन गरेर कार्यक्रमको शुभारम्भ भएको हो । उद्घाटन कार्यक्रममा भजन संकिर्तन ज्योतिष पंण्डित शास्त्री गोविन्द मरासिनीले गर्नुभएको हो ।

यो कार्यक्रम दाङमै पहिलो पटक हुन लागेको हो । कार्यक्रम चैत ११ गतेसम्म संचाजन हुने कार्यक्रम संयोजक खगेन्द्रराज बस्यालले बताउनुभयो । प्रमुख कथावाचकमा स्वामी केशवाचार्य ‘सुर्यपाकी’ रहनुहुने भएको छ ।

एक महिनासम्म दैनिक हवन र हरेक शनिबार साँझ ७ बजे श्रृंगारिक दिव्य महाआरती हुनेछ । आयोजकले भक्तजनलाई उपस्थितिका लागि सम्पूर्ण भक्तजनलाई आग्रह गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस