२०८३ असार २ गते मङ्गलवार

बबई नदिमा तीन वर्षिया बालिकाको शव फेला

दाङ । बबई नदिमा दाङकी तीन वर्षिया बालिकाको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका–१४ भोजपुरस्थित बबई नदीमा बालिकाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी रेशम बोहराका अनुसार तुलसीपुर उपमहानगरपालिका–१४ चौपरिया बस्ने पिमलाल केसीकी छोरी ३ वर्षीया सलिनाको शव फेला परेको हो ।

सोमबार बालिका नदीमा मृत अवस्थामा फेला परेकी र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस