२०८३ बैशाख ६ गते आइतवार

प्राइमफेसको डिजिटल सेवा शुरु : घरको नक्सा अब अनलाइनबाटै छान्न सकिने


दाङ । विगत करिब एक दशकदेखि घरको नक्सांकन र इन्जिनियरिङ परामर्शमा स्थापित कम्पनी ‘प्राइमफेस’ ले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउँदै अनलाइन पोर्टल सुचारु गरेको छ ।

तुलसीपुरमा मुख्य कार्यालय रही देशका विभिन्न स्थानमा शाखामार्फत सेवा दिइरहेको यस कम्पनीले सेवाग्राहीको सहजताका लागि डिजिटल माध्यमबाटै घरका डिजाइनहरू उपलब्ध गराउन थालेको हो ।

विशेषगरी घरको नक्सा र इन्जिनियरिङ डिजाइनका क्षेत्रमा क्रियाशील यस कम्पनीले अब कार्यालयसम्म धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्दै www.theprimeface.com मार्फत सेवा विस्तार गरेको कम्पनीका प्रमुख इन्जिनियर बिक्रमबावु केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सेवाग्राहीले उक्त अनलाइन पोर्टलमा गएर वास्तुशास्त्र अनुसार तयार पारिएका आधुनिक घरका विभिन्न डिजाइनहरू हेर्न र छनोट गर्न सक्नेछन् ।

अनलाइनमा राखिएका डिजाइनहरूमध्ये आफ्नो रोजाइको नक्सा हेर्नका लागि सेवाग्राहीले निश्चित शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ । करिब १० वर्षको लामो अनुभव सँगालेको यस संस्थाले प्राविधिक रूपमा सुरक्षित र वास्तु सम्मत घर बनाउन चाहनेहरूका लागि यो डिजिटल प्लेटफर्म निकै प्रभावकारी हुने इन्जिनियर केसीले बताउनुभयो ।

तुलसीपुरसहित देशका विभिन्न सहरहरूमा शाखामार्फत भौतिक रूपमा सेवा दिइरहेको प्राइम फेसले पछिल्लो समय प्रविधिको प्रयोग गरी सेवालाई थप सरल र पहुँचयोग्य बनाएको हो । कम्पनीका इन्जिनियर अनुप डाँगीले कम्पनीले अनलाइन पोर्टल संचालनमा ल्याएसंगै सेवाग्राहीलाई समय र खर्चको बचत हुनुका साथै घरमै बसेर गुणस्तरीय इन्जिनियरिङ सेवा लिन सकिने बताउनुभयो ।

वेव पोर्टलमा कम्पनीले यसअघि डिजाइन गरेका घरका तस्बिरहरु राखेको र सम्बन्धित घरधनिसंग सम्पर्क राखेर पनि विस्तृत बुझ्‌न सकिने व्यवस्था गरेको छ । अनलाइन पोर्टल मंगलबारदेखि औपचारिकरुपमा शुरु गरिएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस