
दाङ– दाङको तुलसीपुर–१ भमेकमा बिहिबारदेखि प्रथम हेमलाल कडेल स्मृति टी–२० क्रीकेट प्रतियोगीता सुरु भएको छ ।
हेमलाल कडेल स्मृति प्रतिष्ठानको आयोजना संचालित प्रतियोगिताको उद्घाटन प्रदेश सभा सदस्य धन बहादुर मास्कीले गर्नु भएको हो ।
यसैबिच बिहिबार भएको उद्घाटन खेलमा वेष्टर्न क्रीकेट क्लब शान्तिनगरले बिजयी सुरुवात गरेको छ । सुनपुर ११ लाई १८ रनले पराजित गर्दै वेष्टर्न क्रीकेट क्लबले बिजयी सुरुवात गरेको हो ।
यसैबिच प्रतियोगिता अन्तरगत आज हुने पहिलो खेलमा तुलसीपुर क्रिकेट एकेडेमी र आयोजक भमके क्रिकेट क्लब भिड्नेछन् । खेल बिहान ७ बजेबाट सुरु भएको छ ।
बैशाख २२ गते सम्म संचालन हुने प्रतियोगिताको बिजेता टिमलाई नगद ५० हजार,कप,मेडल प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै उपबिजेता टिमले नगद २५ हजार,कप, मेडल प्रमाणपत्र हात पार्नेछ ।
त्यसैगरी प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्य व्यक्तिगत बिधातर्फ म्यान अफ द टुर्नामेन्टलाई नगद चार हजार कप तथा मेडल, वेष्ट ब्याट्सम्यान र वेष्ट बलर लाई क्रमश : जनही दुई हजार पाँच सय नगद तथा मेडल प्रमाणपत्र तथा उदयमान खेलाडिलाई नगद दुई हजार मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
त्यस्तै प्रतियोगिताका प्रत्येक म्याचका म्यान अफ द म्याच लाई नगद पाँच सय र साथमा ट्रफि प्रदान गरिने आयोजकले जानकारी दिएकोछ । प्रतियोगितामा जिल्लामा स्थापित क्रीकेट क्लबका ११ टिमको सहभागिता रहेको छ ।