
दाङ । तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको हिमाल बोर्डिङ स्कुल नजिक धारिलो हतियार खुँडाको प्रहार गरी शिक्षकलाई घाइते बनाएर फरार एक विद्यार्थी पक्राउ परेका छन् ।
प्रहरीका वैशाख १९ गते बिहान करिब साढे १० बजे तिर तुलसीपुर उपमहानरपालिका–६ रजौरा बस्ने ३७ वर्षीय हिमाल एकेडेमीका शिक्षक विशेष श्रेष्ठमाथि सोही स्कुलमा कक्षा १२ मा अध्ययनरत रक्षाचौरका २१ वर्षीय सुरेश सुनारले खुँडा प्रहार गरेका थिए ।
खुँडा प्रहार शिक्षक श्रेष्ठको बाँया कुम र दुबै हातको पाखुरामा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी भक्र बहादुर शाहले जानकारी दिनुभयो ।
घटना भएको थाहा पाएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले घाइतेलाई तत्कालै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि पठाएको थियो ।
प्रहरीका अनुसार आक्रमणपछि फरार रहेका सुरेश सुनारलाई खोजतलास गर्दै जाँदा हिजो राति करिब पौने ९ बजे तिर तुलसीपुर उपमहानगरपालिका–४ हलवार बाटोबाट नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता शाहले बताउनुभयो ।
पक्राउ परेका सुनारमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।