दाङ । आजको युगमा सामन्ती व्यवस्था नचल्ने राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका अध्यक्ष बोमबहादुर खत्रीले बताउनुभयो । उहाँले अहिलेको युग लोकतन्त्र र नागरिक सर्वोच्चताको युग भएको भन्दै कसैको परिवार वा सन्तान भएको कारण नागरिक नेतृत्व गर्न नसक्ने बताउनुभयो ।
“गणतन्त्रको रक्षा गरौँ, प्रतिगामी खतराका विरुद्धमा संघर्ष गरौँ” भन्ने नाराका राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका दाङले भालुबाङमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष खत्रीले सो कुरा बताउनुभएको हो ।
कार्यक्रममा नेकपा (मसाल) दाङका जिल्ला प्रवक्ता भरत भण्डारीले राजतन्त्रको बाँकी रहेको “धिपधिप“ चैत्र १५ गते तिनकुनेबाट निभिसकेको बताउनुभयो । पुराना पञ्चहरूले पुरानो स्वर्ग फर्काउने सपना चैत्र १५ गते सकिएको उहाँको भनाई छ ।
त्यस्तै, राष्ट्रिय जनमोर्चा दाङका जिल्ला अध्यक्ष गणेश आचार्यले गणतन्त्र स्थापनापछि सरकारको नेतृत्व गर्ने दलहरूको भ्रष्ट र गैरजिम्मेवार प्रवृत्तिका कारण गणतन्त्र विरोधी विचारहरू फेरि उठ्न थालेको टिप्पणी गर्नुभयो । जनमोर्चा राप्ती गाउँपालिकाका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा अखिल नेपाल किसान महासंघ पुर्ब केन्द्रिय कोषाध्यक्ष प्रेम नारायण आचार्य, अखिल नेपाल जनजाति सम्मेलन केन्द्रिय उपाध्यक्ष रमेशमान गुरुङ, अखिल नेपाल बुद्धिजीवी संघ केन्द्रिय सदस्य केसबराज खनाल, राष्ट्रिय जनमोर्चा जिल्ला उपाध्यक्ष महेश रिजाल, जिल्ला सदस्य चम्फा भुसाल, हुमा मास्के, अखिल नेपाल युबक संघ केन्द्रिय सदस्य चन्द्र प्रकाश आचार्य, अखिल नेपाल किसान महासंघ केन्द्रिय सदस्य बिस्णु आचार्य, जिल्ला उपाध्यक्ष माधब आचार्य, अखिल नेपाल महिला संघ जिल्ला उपाध्यक्ष कमला बेल्बासे, राप्ती उद्योग बाणिज्य संघ सदस्य तथा राप्ती इलोक्ट्रोनिक तथा मोबाइल ब्यबसायी संघ अध्यक्ष हरी खडका, भालुबाङ होटल ब्यबसायी संघ उपाध्यक्ष पुनाराम भुसाल लगायतको सहभागिता रहेको थियो ।
कोषाध्यक्ष गिरबहादुर पौडेलकोे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जनमोर्चाका पालिका सचिव दलबहादुर घर्तीले गर्नुभएको हो ।














