दाङ। तुलसीपुरमा आइतबारदेखि ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ संचालन हुँदैछ । मोटरसाइकलको आधिकारिक वितरक क्रस बोर्डर प्रालि तुलसीपुरले ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’को आयोजना गरेको हो ।
मेलामा ग्राहकहरूले नयाँ बाइक तथा स्कुटर खरिद गर्न सक्ने छन् भने पुरानासंग साटेर नयाँ बजाज बाइक किन्न सक्ने सुविधा पाउनेछन् । यस योजनाअन्तर्गत, ग्राहकहरूले केवल नागरिकताको आधारमा मोटरसाइकल खरिद गर्न सक्ने प्रालिका सेल्स म्यानेजर कुमार खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार मेलामा मोटरसाइकल खरिद गर्न अन्य झन्झटिलो कागजातहरूको आवश्यकता पर्दैन । यस्तै ०% सर्भिस चार्जमा तत्काल फाइनान्सको सुविधा पनि रहेको उहाँले बताउनुभयो ।
यस्तै पुराना बाइक तथा स्कुटरमा १० हजार सम्मको अतिरिक्त मूल्यांकनको सुविधा, नगद तथा फाइनान्समा बाइक खरिद गर्दा आर्कषक छुटको समेत व्यवस्था रहेको म्यानेजर खड्काले बताउनुभयो । जेठ ९ गतेसम्म संचालन हुने मेला तुलसीपुरको कृषि विकास बैंकको अगाडी संचालन हुने प्रालिले जनाएको छ ।













