२०८२ माघ ८ गते बिहिवार

बाख्रा चराउन गएकी बालिकालाई बलत्कार गरेको आरोपमा एक वृद्धा पक्राउ


दाङ । दाङमा एक बालिकालाई बलत्कार गरेको आरोपमा एक जना वृद्धा पक्राउ परेका छन् । प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ बनकट्टीका ७५ वर्षिय गिरीराज बुढाथोकीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका बुढाथोकीमाथि ७ वर्षिया बालिकालाई बलत्कार गरेको आरोप लागेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।

शनिबार (जेठ ३ गते) दिउँसो ४ बजेतिर बाख्रा चराउन गएकी ७ वर्षिय बालिका पानी खानका लागि बुढाथोकीको घरमा गएकी थिइन् । पानी खान गएकी बालिकालाई चक्लेट किन्ने पैसा दिने प्रलोभनमा पारेर बुढाथोकीले बलत्कार गरेको आरोप लागेको छ ।

प्रहरीका अनुसार पिडित बालिकाकी आमाले प्रहरीमा जाहेरी दिएपछि आरोपित बुढाथोकीलाई गएराती नै पक्राउ गरिएको हो । पक्राउ परेका बुढाथोकीलाई आइतबार जिल्ला अदालत दाङबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस