
दाङ । दाङमा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । लमही नगरपालिका– ६ देउपुर घर भई हाल राप्ती गाउँपालिका– २ बराखुट्टीमा कोठा भाडामा बस्ने ६५ वर्षका मनि घर्तिमगको मृत्यु भएको प्रहरीले जनाएको छ ।
एक तले पक्की घरको छतमा सुतेको अवस्थामा छतबाट खसेर गम्भिर घाइते भएका घर्तिको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।
आज शनिबार विहान पौने ५ बजेतिर घरको छत बाट खसेका घर्तिको लमही अस्पतालमा उपचारको क्रममा विहान सवा ६ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।