तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–७ झुमरेमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थद्धारा सञ्चालित हाम्रो पहुँच माद्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि तिनदिने उद्घोषण तालिम सुरु भएको छ । आज आइतबार एक कार्यक्रमको आयोजना गरी तालिमको उद्घाटन गरीएको हो ।

सूचना, तालिम तथा अध्ययन उपसमितिका सदस्य नोखी रावतको अध्यक्षता तथा हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो ।

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि भण्डारीले संस्थाको वार्षिक कार्यक्रम अनुसार रेडियो विभागमार्फत तालिम सञ्चालन गरिएको बताउनुभयो । उद्घोषणकला सबैलाई नभई नहुने कला भएको बताउँदै अध्यक्ष भण्डारीले विद्यार्थीहरुलाई व्यावहारीक कुरा सिकाउन लागेको बताउनुभयो । उहाँले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा लुकेर रहेको प्रतिभा उजागर गर्न तालिमले सहयोग गर्ने बताउनुभयो । संस्थाले हरेक वर्ष विद्यार्थीहरुलाई सबै क्षेत्रमा अब्बल बनाउनको तालिम दिने गरेको उहाँको भनाई छ । उहाँले सिकेको सिपलाई व्यवहारमा प्रयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा हाम्रो पहुँच माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक शिवकुमार पुनले विद्यार्थीहरुलाई बजारमा टिक्ने र बिक्ने बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो । उहाँले संस्थाले विद्यार्थीहरुलाई व्यावहारीक सिप सिकाउनमा जोड दिएको बताउनुभयो ।

रेडियो हाम्रो पहुँचका डेस्क रिपोर्टर सरिता चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेलले गर्नुभएको हो ।
यसैबिच तालिमको पहिलो दिन आज रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेलले मञ्च उद्घोषण सम्बन्धि तालिम दिनुभएको हो । आज आइतबारदेखि सुरु भएको तालिम असार ३ गतेसम्म चल्नेछ । तालिममा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको छ ।









