दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–८ स्थित अश्वार ओरालोमा साइकलबाट लडेर एक बालक घाइते भएका छन् ।
दुर्घटना सोमबार साँझ करिब ६ बजेतिर भएको हो । दंगिशरण गाउँपालिका–५ निवासी मञ्जु चौधरीका छोरा १२ वर्षीय विमल चौधरी साइकलमा तुलसीपुरबाट अश्वारतर्फ जाँदै गर्दा अनियन्त्रित भई लडेर घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।
बालकको निधारमा गहिरो चोट लागेको छ । तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल लगिएको छ ।














