२०८२ कार्तिक ३० गते आइतवार

हाम्रो पहुँच विद्यालयमा उद्घोषण तालिम समापन

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–७ झुमरेमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थद्धारा सञ्चालित हाम्रो पहुँच माद्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि तिनदिने उद्घोषण तालिम सम्पन्न भएको छ । आज बुधबार एक कार्यक्रमको आयोजना गरी तालिमको समापन गरीएको हो ।

रेडियो सञ्चालन उपसमितिका सदस्य एकराज भण्डारीको अध्यक्षता, हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको प्रमुख आतिथ्यता तथा हाम्रो पहुँच माद्यामिक विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीको विशिष्ट आतिथ्यतामा तालिमको समापन गरिएको हो ।

प्रमुख अतिथि भण्डारीले विद्यार्थीहरुलाई बोल्ने कलामा निपुण बनाउनको लागि तालिमको आयोजना गरेको बताउनुभयो । उहाँले यो तिन दिनको तालिमले विद्यार्थीहरुको उद्घोषण प्रस्तुती उत्साहजनक रहेको बताउनुभयो । संस्थाले अब अन्य कक्षाहरुमा पनि यस्तो खालको कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । उद्घोषणकला सबैलाई नभई नहुने कला भएकाले विद्यार्थीहरुलाई रेडियो विभागले व्यावहारीक कुरा सिकाउन सहयोग गरेकोमा धन्वाद दिनुभयो ।

कार्यक्रममा हाम्रो पहुँच माध्यमिक विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीले तालिम सञ्चालन गरेकोमा रेडियो विभागलाई धन्यवाद दिदै बोल्ने कलाको विकास गर्नका लागि विद्यालयले पनि निरन्तर कार्यक्रम गरीरहेको बताउनुभयो । उहाँले विद्यालयले व्यावहारीक शिक्षलाई जोड दिएर पठनपाठन गरीरहेको बताउनुभयो ।

सहायक प्रधानाध्यापक शिवकुमार पुनले विद्यार्थीहरुलाई तालिममा सिकेको कुरालाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो । अभ्यास नै सफलता भएकोले अभ्यास गर्न विद्यार्थीहरुलाई सुझाव दिनुभयो ।

कार्यक्रममा कक्षा ९ का जिवेश ओली, सुमिना परीयार, सुदिप चन्द, सदिक्षा चन्द, कक्षा १० का सुभम अधिकारी, विजय केसीलगायतले तालिमबाट धेरै कुराहरु सिकेको बताउनुभयो । तालिमले मञ्चमा उभिएर बोल्दा अपनायउनु पर्ने आधारभूत ज्ञान, औपचारीक कार्यक्रमको सहजिकरण, आत्म विश्वास बढ्नुका साथै बोल्ने कलामा निखारता ल्याएको बताएका थिए । आगामी दिनहरुमा संस्थाले विद्यार्थीहरुका लागि यस्तो खालको तालिमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका हुन् ।

तालिमको प्रशिक्षकमा रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेल, समाचार सम्पादक जीतसागर जिएम, डेस्क रिपोर्टर रमा नेपाली र सरीता चौधरी रहनुभएको थियो ।

तालिममा कक्षा ९ र १० का करिब दुईसय जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस