२०८३ बैशाख १८ गते शुक्रवार

पश्चिम दाङमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जना घाइते


दाङ।
दाङको तुलसीपुर उपमहानगरपालिका–२ पोटलीमा गएराति सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा ३ प ५९३० नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

राति करिब ८ बजे भएको र दुर्घटनामा मोटरसाइकल चालक र एक पैदल यात्री घाइते भएका छन् । दुर्घटनामा शान्तिनगर गाउँपालिका–५ निवासी २७ वर्षीय मोटरसाइकल चालक विनोद विक घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । उहाँको टाउको, दुबै हात र खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, पैदल यात्री तुलसीपुर उपमहानगरपालिका–१ निवासी ४९ वर्षीय निर्मल शाहको बाँया खुट्टामा चोट लागेको छ । उहाँको पनि अवस्था मध्यम रहेको छ । दुर्घटनापछि मोटरसाइकल प्रहरी चौकी बालापुरको नियन्त्रणमा रहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस