२०८२ मङ्सिर ३ गते बुधवार

ट्रकको मुनि बसेको अवस्थामा चालकले अचानक ट्रक चलाउँदा मृत्यु

रोल्पा, १३ असार । रोल्पामा एक व्यक्ति ट्रकको मुनि बसेको अवस्थामा चालकले ट्रक चलाउँदा मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–४ निगालपानी बजारमा ट्रकले किच्दा त्रिवेणी गाउँपालिका–३ स्थायी घर भएका अन्दाजी ३२ वर्षका गोपीलाल वलीको मृत्यु भएको हो ।

दाङबाट रोल्पाको लिङ्दुङतर्फ तरकारी लिन जाँदै गरेको रा १ ख ३२२२ नम्बरको ट्रकले बिहिबार बिहान सवा ११ बजेतिर गोपीलाललाई किचेको हो । वली ट्रकको टायरमुनी बसेको अवस्थामा चालक मिलन घर्तीले गाडी अगाडि बढाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते वलीलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, दाङ ल्याइए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका छन् । प्रहरीका अनुसार वली मापसे (मदिरा सेवन) गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस