२०८२ फाल्गुन २ गते शनिवार

टहरामा सुतेका दिदी बहिनीको ढुङ्गा लागेर मृत्यु

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी बहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ ।

हिजो बिहीबार बेलुकी ९ बजे टहरामा सुतिरहेका १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिनुभयो ।

नियमित पानी परिरहेकाले समस्या भइरहेको उहाँले जानकारी दिनुभयो । नरबहादुर बुढाकी दुई छोरी बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेको समयमा माथिबाट ढुङ्गा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बुढाले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस