२०८२ मङ्सिर २७ गते शनिवार

स्कार्पियोको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते


दाङ। दाङमा स्कार्पियोको ठक्करबाट एक जना मोटरसाइकल चालक गम्भिर घाइते भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका–११ उरहरी चोकमा आज बिहान तुलसीपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा १८ च ३१३९ नम्बरको स्कार्पियोले सडक छेउमा मोटरसाइकल परीक्षण गरिरहेको अवस्थामा ठक्कर दिँदा तुलसीपुर–१३ फूलबारीका २० वर्षीय मोटरसाइकल चालक दिपेश नेपाली गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

आचार्य मोटरसाइकल वर्कशप ग्यारेजमा मर्मतपछि परीक्षण गरिँदै गरेको रा ७ प ५५५९ नम्बरको मोटरसाइकललाई स्कार्पियोले ठक्कर दिएको हो । ठक्करबाट दिपेशको बायाँ खुट्टा, कम्मर र पेटमा गहिरो चोट लागेको छ ।

घाइते नेपालीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होममा रिफर गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते दिपेशको अवस्था बेहोस रहेको छ । स्कार्पियो चालक सल्यानको कपुरकोट गाउँपालिका–३ का ३१ वर्षीय रेवन्तसिंह ठकुरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस