२०८२ मङ्सिर २७ गते शनिवार

सर्पको टोकाइबाट एक बालकको मृत्यु

तुलसीपुर । दाङमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ रनियापुरका नुरज परियारका छोरा २२ महिनाका एनिस परियारकोे मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्‌नै घरभित्र खेलिरहेको अबस्थामा बालकलाई अपरान्ह साढे ४ बजेति सर्पले बाँया हातको हत्केलाको पछाडी पट्टीको भागमा सर्पले डसेको थियो ।

सर्पले डसेको थाहा पाएपछि परिवारले सवा ५ बजेतिर बालकलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।

सर्पको टोकाइबाट गम्भिर बिरामी भएका बालकको उपचारको क्रममा साढे ५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस