दाङ, १ साउन । दाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दंगीशरण गाउँपालिका–१, बाँकीमा बिहिबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् ।
घाइते हुनेमा दंगीशरण–१ रहरपुर निवासी २५ वर्षिय सिभन चौधरी र वर्ष १८ का छितिज चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।
सिभन चौधरी हाल प्रहरी चौकी रोसी, काभ्रेमा कार्यरत प्रहरी जवान हुनुुहुन्छ । उहाँलाई बाँया खुट्टामा चोट लागेको छ भने छितिज चौधरीको दायाँ खुट्टा र मुखमा चोट लागेको छ । दुवै जनाको अवस्था मध्यम रहेको रहेको प्रहरीले जनाएको छ । घाइते दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।
बाँकीबाट रहरपुरतर्फ जाँदै गरेको रा १ त ४९९८ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा परेको ट्याक्टर घटनास्थलमै रहेको छ भने ट्याक्टर चालक ३१ वर्षीय राम बहादुर चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।














