२०८२ माघ २५ गते आइतवार

देउखुरीमा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु


दाङ। दाङको देउखुरीमा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ करिब ७ बजेको समयमा महदेवादेखि सिसहनियाँतर्फ जाँदै गरेको रा २ प ६२६१ नम्बरको मोटरसाइकल राप्ती पुलको रेलिङमा अनियन्त्रित भई ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर मोटरसाइकल चालक राप्ती गाउँपालिका–३ मसुरियाका ४३ वर्षीय खिमबहादुर पुनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका पुनको लमही अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् ।

मृतक पुनको टाउकोमा गम्भीर चोट लागेको थियो । शवलाई परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस