दाङ । दाङको देउखुरीमा गाडीले किचेर एक जनाको मृत्यु छ । वडा प्रहरी कार्यालय लमहीका अनुसार लमही नगरपालिका–५ सुनखोली निवासी २१ वर्षीय राजेश कुमार बानियाको गाडीले किचेर मृत्यु भएको हो ।
आइतबार बिहान करिब ६ बजेतिर आफ्नै घर अगाडि रोकेर राखिएको लु ३ च ४८१४ नम्बरको पिकअप बोलेरो गाडीको टायरमा राखिएको ओट हटाउने क्रममा गाडी ब्याक हुँदै आफैं गुड्न थालेपछि बानियाँलाई गाडीले किचेको प्रहरीले जनाएको छ ।
गाडीले किच्दा गम्भीर घाइते भएका बानियालाई तत्काल लमही अस्पताल पुर्याएपनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका छन् । हाल मृतकको शव लमही अस्पतालमा राखिएको छ ।













