दाङ । दाङको तुलसीपुरमा मोटरसाइकल र जिप एक आपसमा ठोक्कीदा एक जना घाइते भएका छन् । आज आइतबार बिहान १० बजेतिर तुलसीपुर उपमहानगरपालिका–८ कृष्ण मन्दिर नजिकै मोटरसाइकल र जिप एक आपसमा ठोक्कीदा एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
तुलसीपुरबाट पश्चिम तर्फ जादै गरेको लु प्र ०२–००१ प २७३८ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जादै गरेको रा १ ज ०९७१ नंम्बरको जिपले ठक्कर दिदा मोटरसाइकल चालक तुलसीपुर– ८ का ४२ वर्षका निर्मल योगि घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानााले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक रानाका अनुसार घाइते योगिको सिटि अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरी निरीक्षक रानाले जानकारी दिनुभयो । जिप चालक शान्तिनगर गाँपालिका–१ का २५ वर्षका प्रेम खड्का मोटरसाइकल र जिप प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









