दाङ । तुलसीपुरमा रुखबाट खसेर एक जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका– १३ दमारगाँउका ४० वर्षका गायत्री भण्डारी घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भण्डारी आज आइतबार दिउँसो घर नजिकै रहेको जनकल्याण सामुदायिक जंगलमा घाँस काट्न गएको बेला धौटि जातको रुखमा चढी घाँस काट्ने क्रममा करिब ५ मिटर माथिबाट अचानक खस्न जाँदा ढाडमा चोट लागेको हो ।

घाइते भण्डारीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चात थप उपचारका लागी मेडिकल कलेज कोहलपुर बाँके रिफर गरीएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।
















