२०८२ मङ्सिर २२ गते सोमवार

तुलसीपुरमा अटो र ट्याक्टर एकआपसमा ठोक्कीदा चार जना घाइते

दाङ। तुलसीपुरमा अटो र ट्याक्टर एकआपसमा ठोक्कीदा चार जना घाइते भएका छन् । प्रहरीका अनुसार अटो चालक तुलसीपुर उपमहानरपालिका–२ बालापुरका ३८ वर्षका भिम बहादुर ठाडा मगर, तुलसीपुर–२ भम्केका १८ वर्षका मनिसा योगी, तुलसीपुर–१ भम्केका ३८ वर्षका देबी शर्मा, सोही ठाँउका २९ वर्षका कल्पना केसी घाइते भएका छन् ।

घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।

आज आइतबार दिउँसो करिब ४ बजेतिर तुलसीपुर उपमहानगरपालिका–८ गतेखोला पुल नजिक पश्चिमबाट तुलसीपुर तर्फ आउदै गरेको लु.प्र.०२–००१ त ००९३ नंम्बरको ट्याक्टर आफै अनियन्त्रित भई पल्टिदा बिपरित दिशाबाट जादै गरेको रा १ ह ७५०० नंम्बरको अटोको अगाडीको भागमा ट्याकटरको ट्रली ठोक्किदा अटोमा ठोक्कीएको प्रहरी निरीक्षक रानाले जानकारी दिनुभयो ।

दुबै सवारी साधन र ट्याक्टर चालक तुलसीपुर उपमहानगरपालिका–१७ दुधरासका २९ वर्षका राजेश परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस