२०८२ फाल्गुन २६ गते मङ्गलवार

साँस्कृतिक कार्यक्रम हेरेर फर्कने क्रममा मोटरसाइकल दुर्घटना : दुई जना गम्भीर घाइते

दाङ । देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भिर घाइते भएका छन् । गढवा गाउँपालिका–५, जमुनीबासस्थित कोइलाबास हुलाकी सडकखण्डमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जना युवक गम्भीर घाइते भएका हुन् ।

ईलाका प्रहरी कार्यालय गढवाका अनुसार बिहीबार बिहान सवा दुई बजेको समयमा भे २ प ८१५६ नम्बरको मोटरसाइकल जमुनीबास पुलबाट अनियन्त्रित भई तल खस्दा मोटरसाइकलमा सवार दुवै जना घाइते भएका हुन् ।

दुर्घटनामा राजपुर गाउँपालिका–२, बेला निवासी २८ वर्षीय जीवन विक र सोही ठाउँका २८ वर्षीय खुमबहादुर खड्का गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि दुवै जनाको टाउको र छातीमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक उपचार लमही र घोराहीका अस्पतालमा गरिएको भए पनि थप उपचारका लागि बुटवल रिफर गरिएको छ । प्रहरीका अनुसार रातको समयमा सांस्कृतिक कार्यक्रम (नाच) हेरेर फर्किने क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस