दाङ । नेशनल प्याब्सन दाङले शिक्षकलाई पेशागत क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । नेशनल प्याब्सनमा आवद्ध देउखुरी क्षेत्रका विद्यालयका शिक्षकका लागि नेशनल प्याव्सन दाङले तालिम संचालन गरेको हो ।
शनिबार लमहीमा संचालन गरिएको तालिममा देउखुरी क्षेत्रका ९ वटा विद्यालयका १६५ जना शिक्षकको सहभागीता रहेको छ । तालिमको प्रशिक्षकमा तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा अधिकृत मन बहादुर खड्का रहनुभएको छ ।
नेशनल प्याब्सन दाङका अध्यक्ष शालिकराम कार्कीको अध्यक्षता तथा नेशनल प्याब्सनका केन्द्रिय सदस्य नरेश आचार्यको प्रमुख आतिथ्यता तालिमको उद्घाटन कार्यक्रम गरिएको हो । त्यस अवसरमा प्रमुख अतिथि आचार्यले शिक्षकको सिप र क्षमता अभिवृद्धिका लागि तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा विशिष्ठ अतिथि लुम्बिनी प्रदेशका सचिव टोपेन्द्र खनाल, नेशनल प्याब्सन लमही नगर संयोजक भक्त खनाल, राप्ती गाउँपालिका संयोजक चम्पक सिंह कार्की, गढवा गाउँपालिका संयोजक निर्मल रावत लगायतले शुभकामना मन्तव्य राख्नुभएको हो ।
नेशनल प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष ठाकुर प्रसाद डाँगीको स्वागत मन्तव्यबाट शुरु भएको उद्घाटन कार्यक्रमको सहजीकरण नेशनल प्याव्सन दाङका सह–कोषाध्यक्ष दिपक खड्काले गर्नुभएको हो ।















