दाङ । दाङमा अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन् । दंगीशरण गाउँपालिका–२ मधपुरस्थित भित्री सडक खण्डमा अटो दुर्घटना हुँदा चारजना घाइते भएका हुन् ।
बुधबार बिहान करिब सवा सात बजेतिर कौवाघारीबाट गोल्टाकुरीतर्फ आउँदै गरेको अटो अनियन्त्रित भई सडकबाट करिब तीन मिटर तल नालामा खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा रुकुम पश्चिम चौरजहारी नगरपालिकाका २३ वर्षीय अटो चालक धन बहादुर महतारा, दाङको दंगीशरण–२ की १६ वर्षीया संजिता चौधरी, १३ वर्षीया सदिक्षा बुढामगर र १४ वर्षीया योनिका विक घाइते भएका छन् ।
घाइते सबैलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि लगिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । अटोमा सामान्य क्षति पुगेको छ ।














