दाङ । दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ का ४४ वर्षीय सोबिराम कुवर रहेको दाङ प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्र बहादुर शाहका अनुसार कुवरको बायाँ खुट्टामा चोट लागेको छ । उहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।
तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा.४ प. ९९९७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको लु.प्र.०२–००१ ख २०४ नम्बरको टिप्परले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ । आज बुधबार दिउँसो करिब १२ बजेतिर घोराही उपमहानगरपालिका–१० नारायणपुरमा दुर्घटना भएको हो ।
टिप्पर चालक रोल्पा रुन्टिगढी गाउँपालिका–५ का २५ वर्षीय कुशल बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता शाहले जानकारी दिनुभयो । मोटरसाइकल र टिप्पर इलाका प्रहरी कार्यालय नारायणपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
















