दाङ । दाङमा जबर्जस्ति करणीको आरोपमा एक किशोर पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबर्जस्ति करणीको प्रयास गरेको आरोपमा १६ वर्षका किशोरलाई पक्राउ गरेको दाङ प्रहरीले जनाएको छ ।
गढवा गाउँपालिका–६ का १६ वर्षका किशोरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा डिएसपी चक्र बहादुर शाहले जानकारी दिनुभयो ।
साउन १५ गते राति करिब ११ बजे तिर घटना भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र घटनामा नाबालककै संलग्नता रहेकाले मुद्दालाई बालसम्बन्धी ऐन अनुसार अगाडि बढाइने जनाइएको छ ।















